आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

मनिषा थापा

काठमाडौं, ५ भदौ : आज साताको छैठौँ दिन अर्थात बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ।

हिजो बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ।


त्यस्तै आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। हिजो प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार तेजावी सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसै गरि आज चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला ८ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया