आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस् …

शर्मिला गुरुङ

काठमाडौं, २ वैशाख : आज २०७६ सालको पहिलो महिनाको दोश्रो अर्थात सोमबार सुनको मूल्य सामान्य रहेको छ।


हिजो आइतबार प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५९ हजार ६ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि यथावत लागेको छ। यसअघि प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।

सुन मूल्य सँगै आज चाँदीको भाउ पनि यथावत रहेको छ ।
यसअघि प्रतितोला चाँदी ७३० रुपैयाँमा कारोबार भएको चाँदी आज ७२० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया