शेयर बजार : आज कारोबार रकम १२ अर्ब रुपैयाँ पनि पुगेन

admin

काठमाडौं, ६ असार : आइतबार शेयर बजार परिसूचक नेप्से ६३ अङ्कभन्दा धेरैले घटेको छ । सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ६३ दशमलव २८ अङ्कले घटेर दुई हजार नौ सय पाँच दशमलव १४ विन्दुमा झरेको छ । बैंकिङ समूहको शेयर ३५ दशमलव ४१ अङ्कले घटेको छ ।

यस्तै व्यापारको ९८ अङ्कले, होटलको ८८, विकास बैंकको एक सय ६५, जलविद्युतको एक सय एक, फाइनान्सको ८०, माइक्रोफाइनान्सको एक सय १७, जीवन बीमा समूहको तीन सय १० र निर्जीवन बीमा समूहको दुई सय ७९ अङ्कले ओरालो लागेको छ ।

यस्तै उत्पादन समूहको एक सय ४९, अन्यको ५१ र लगानी समूहको शेयर एक सय सात अङ्कले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि झन्डै १२ अर्ब रुपैयाँमै सीमित भएको छ । दुई सय ३१ कम्पनीका दुई करोड ७३ लाख ४४ हजार कित्ता शेयर ११ अर्ब ८१ करोड रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आइतबार युनियन हाइड्रोको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि गुराँस फाइनान्सको शेयर साढे पाँच प्रतिशतले बढेको छ ।

प्रतिक्रिया