आज कोरोनाबाट चार जनाको ज्यान गयो, एक सय १० जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ११ फागुन : कोरोना भाइरसको संक्रमणका कारण नेपालमा बितेको २४ घण्टामा थप चार जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोना संक्रमणका कारण नेपालमा ज्यान गुमाउनेको संख्या दुई हजार ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै तीन हजार दुई सय १८ जनाको पीसीआर परीक्षण गर्दा एक सय १० कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा दुई लाख ७३ हजार ६ सय ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप एक सय दुई जना निको भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार ६८ पुगेको छ । अहिले नेपालमा एक हजार पाँच सय ३३ जना आइसोलेशनमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया