आज खण्डग्रास सूर्यग्रहण तस्विरमा हेर्नुहोस (फोटोफिचर)

admin

काठमाडौं, ७ असार : आषाढ कृष्ण औँसीका दिन (आज) आइतबार बिहान १०ः५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ । बिहान १०ः५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ ।

काठमाडौंको स्वयम्भूबाट आइतबार १२ः४५ मा देखिएको सूर्यग्रहण ।

काठमाडौंको स्वयम्भूबाट ग्रहण लागेको सूर्यलाई निहाल्दै बालबालिका ।

काठमाडौंको स्वयम्भूबाट आइतबार देखिएको सूर्यग्रहण । दुई तस्विर

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः४० मा देखिएको सूर्यग्रहण ।

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः१५ मा देखिएको सूर्यग्रहण ।

भक्तपुरको मध्यपुर थिमिबाट आइतबार बिहान ११ः२५ मा देखिएको सूर्यग्रहण ।

प्रतिक्रिया