आज घट्यो सुनचाँदी मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३० बैशाख : नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रति तोला ४०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । गएको मंगलबार अधिकतम ९२ हजार ३०० रुपैयाँ पुगेको सुनको मूल्य क्रमशः घट्न थालेको छ । बुधबार बजारमा सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै यता चाँदीको मूल्य पनि बिहीबार झिनो रकमले घट्न पुगेको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रति तोला १० रुपैयाँले घट्दै एक हजार ३३५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया