आज चार हजार चार सय ४४ जना कोरोनामुक्त, थप एक सय ६८ जनाको ज्यान गयो

admin

काठमाडौं, २९ बैशाख : बुधबार नेपालमा नौ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार तीन सय ६२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा नौ हजार दुई सय ३८ र चार सय २४ जनाको एन्टिजेनमार्फत परीक्षण हुँदा ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा तीन हजार नौ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा तीन हजार दुई सय ५०, भक्तपुरमा दुई सय २६ र ललितपुरमा चार सय ४८ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना संक्रमणका कारण नेपालमा थप एक सय ६८ जनाको ज्यान गएको विवरण प्राप्त भएको छ ।

बितेको २४ घण्टामा चार हजारभन्दा धेरै जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा चार हजार चार सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया