आज छ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ८ असोज : शुक्रबार पनि सुनको मूल्य घटेको छ । बिहीबार तोलामा ५ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार फेरि छ सय रुपैयाँले घटेको हो । सुनको मूल्य शुक्रबार तोलामा ८९ हजार रुपैयाँ तोकिएको छ । बिहीबार ८९ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि शुक्रबार छ सय रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । बिहीबार यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी शुक्रबार चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर ११ सय ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया