आज झण्डै १६ अङ्कले बढ्यो नेप्से

admin

काठमाडौं, २४ चैत : शेयर बजार परिसूचक नेप्से झण्डै १६ अङ्कले बढेको छ । बैंकिङ, व्यापार, फाइनान्स, अन्य र बीमा समूहको शेयर घटे पनि अरू समूहको शेयर उकालो लागेपछि नेप्से १५ दशमलव ७२ अङ्कले बढेर २६ सय ७४ दशमलव ४६ विन्दुमा पुगेको छ ।

मंगलबार होटल तथा पर्यटन समूहको शेयर दुई सय पाँच अङ्कले, विकास बैंकको ३०, जलविद्युतको एक सय १४, उत्पादनको एक सय ८३ र माइक्रो फाइनान्स समूहको शेयर ६४ अङ्कले बढेको छ ।

मंगलबार दुई सय १३ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर सात अर्ब ४७ करोड ७७ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ३९ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भयो ।

मंगलबार चिलिमे, युनिभर्सल पावर, युनाइटेड मर्दी र चन्द्रागिरी हिल्सको शेयर १० प्रतिशतका दरले बढेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर भने १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया