आज झण्डै १७ अङ्कले घटेर २८ सय ४३ विन्दुमा

admin

काठमाडौं, १० असार : शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन पनि घटेको छ । होटल र जलविद्युतबाहेक अरू सबै समूहको शेयर ओरालो लागेपछि नेप्से बिहीबार १६ दशमलव ९६ अङ्कले घटेर दुई हजार आठ सय ४३ विन्दुमा झरेको छ ।

बैंकिङ समूहको शेयर साढे सात अङ्कले, विकास बैंकको झण्डै ७३ अङ्कले, व्यापारको २६ अङ्कले, फाइनान्स समूहको २९ र माइक्रोफाइनान्स समूहको शेयर ४९ अङ्कले घटेको छ । यस्तै जीवन बीमा समूहको शेयर एक सय ४४ अङ्कले, निर्जीवन बीमा समूहको एक सय ७७, उत्पादनको साढे ४१, अन्यको ३० र लगानी समूहको शेयर एक सय नौ अङ्कले घटेको छ ।

बिहीबार दुई सय १९ कम्पनीका एक करोड ३२ लाख कित्ता शेयर सात अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार ङ्यादी ग्रुप पावर लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि माथिल्लो तामाकोशी कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया