आज झन् ओरालो लाग्यो सुनचाँदीको मुल्य

शर्मिला गुरुङ

काठमाडौं, ४ चैत्र : आज साताको दोश्रो दिन अर्थात सोमबार सुनको मूल्य घटेको छ। हिजो आइतबार स्थिर रहेको सनको मूल्य आज २ सय रुपैयाँले घटेको छ।

शुक्रबार ६० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन हिजो स्थिर रहेर सोहि मुल्यमा कारोबार भएको थियो भने आज दुइ सय रुपैयाँले घटेर प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। त्यस्तै आज तेजावी सुनको मुल्य ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया