आज झन आकासियो सुनचाँदीको भाउ

शर्मिला गुरुङ

काठमाडौँ, १८ भदौ : आज साताको चौंथो दिन अर्थात बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ झन् उकालो लागेको छ । हिजो मंगलबार प्रतितोला ७२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै,आज तेजावी सुनको भाउ पनि बढेको छ। आज तेजावी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया