आज तीन सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ११ असोज : सोमबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको छ । सुनको मूल्य सोमबार तोलामा ८९ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि दश रुपैयाँले बढेर तोलाको ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया