आज तीन हजार चार सय ५६ जना कोरोनामुक्त, थप ५१ जनाको ज्यान गयो

admin

काठमाडौं, ६ असार : आइतबार देशभर दुई हजार चार सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा पाँच सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा चार सय ५०, भक्तपुरमा २५ र ललितपुरमा ५३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा तीन हजार चार सय ५६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच लाख ५६ हजार सात सय ९८ पुगेको छ । अहिले नेपालमा ५५ हजार पाँच सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बितेको २४ घण्टा र थप विवरण प्राप्तसहित ५१ जना कोरोना संक्रमितको ज्यान गएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म आठ हजार सात सय २६ जनाको ज्यान गएको छ । 

प्रतिक्रिया