आज तीन हजार ५ सय ५८ जना कोरोनामुक्त, थप ५२ जनाको ज्यान गयो

admin

काठमाडौं, ९ असार : बुधबार देशभर दुई हजार चार सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सात हजार चार सय ६१ जनाको आरटी/पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा र चार हजार नौ सय ५३ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नौ सय १० जना गरी दुई हजार चार सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका चार सय ९७ जना रहेका छन् । बितेको २४ घण्टामा काठमाडौंमा तीन सय ४६ जनामा, ललितपुरमा ९४ जनामा र भक्तपुरमा ५७ जनामा संक्रमण देखिएको हो । नेपालमा बुधबार ५० हजार पाँच सय २० जना सक्रिय संक्रमित छन् ।

यस्तै बितेको २४ घण्टामा तीन हजार पाँच सय ५८ जना संक्रमणमुक्त भएका छन् । यस्तै यो अवधिमा कोरोना संक्रमणका कारण ५२ जनाको ज्यान गएको र विभिन्न समयको थप २९ जना गरी ८१ जनाको ज्यान गएको तथ्याङ्क प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया