आज थप दुई सय २४ जनामा संक्रमण पुष्टि, एक सय ५१ जना कोरोनामुक्त

admin

काठमाडौं, १६ साउन : शुक्रबार थप दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म संक्रमितको संख्या १९ हजार सात सय ७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको भएर घर फर्किनेसहित अहिलेसम्म १४ हजार तीन सय ९९ जना उपचारपछि निको भएका छन् ।

नेपालमा अहिले पाँच हजार तीन सय १६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा १० हजार सात सय ६८ जनाको पीसीआर विधिमार्फत परीक्षण भएको छ ।

योसँगै अहिलेसम्म तीन लाख ७५ हजार चार सय १६ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ भने १२ हजार एक सय ११ जना क्वरेण्टीनमा छन् ।

यस्तै पछिल्लो समय ६ जिल्लामा कोरोना देखिएको छैन । भोजपुर, सङ्खुवासभा, काभ्रे, रसुवा, मनाङ र मुस्ताङमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए ।

प्रतिक्रिया