आज थप १०१५ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ५ बैशाख : आइतबार थप एक हजार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण देखिएको छ । एन्टिजेनसहित बितेको २४ घण्टामा एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बितेको २४ घण्टामा दुई सय ६२ जना निको भएका छन् । अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया