आज थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ७ माघ : (आज) शुक्रबार १० हजार ७०३ जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै देशभर सक्रिय संक्रमितको ६५ हजार ३७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो । सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको ज्यान गएको छ ।  योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६३५ पुगेको छ ।

यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ भने संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् । यसैबीच बितेको २४ घण्टामा तीन लाख सात हजार चार सय एक जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया