आज थप १२८१ जनामा संक्रमण पुष्टि, आठ जनाको ज्यान गयो

admin

काठमाडौं, ६ बैशाख : सोमबार १२ सय ८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ भने यही अवधिमा ८ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले बितेको २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २,७५,५५५ पुगेको छ । हालसम्म नेपालमा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ३ हजार ९१ पुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।

प्रतिक्रिया