आज थप २८८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २७ चैत : शुक्रबार देशभर दुई सय ८८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । चार हजार ७१ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७९ हजार तीन सय ८८ पुगेको छ । यस्तै बितेको२४ घण्टामा एक सय २७ जना निको भएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ७३ हजार सात सय ३५ पुगेको छ ।

अहिले नेपालमा २६ सय १५ जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म तीन हजार ३८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया