आज थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार २ सय नाघ्यो

admin

काठमाडौं, ५ असार : शुक्रबार पछिल्लो २४ घण्टामा ४ सय २६ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् । नेपालमा कूल कोरोना संक्रममितको संख्या ८ हजार २७४ पुगेसँगै जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् ।

हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ । जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया