आज थप ६७१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७,८४८ पुग्यो

admin

काठमाडौं, ४ असार : नेपालमा कोरोना संक्रमितको संख्या सात हजार आठ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ६ सय ७१ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या सात हजार आठ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको छ । यस्तै मृतकको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया