आज थप ८२ जनामा संक्रमण पुष्टि, निको हुनेको संख्या बढ्दै

admin

काठमाडौं, २८ असार : आइतबार थप ८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित मध्ये काठमाडौंका ५ र ललितपुरका १ सहित थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

हाल सक्रिय संक्रमतिको संख्या ८ हजार १७४ रहेको उनले बताए । यस्तै डिस्चार्ज भएकासहित कूल संक्रमित १६ हजार ८०१ जना रहेको पनि बताए ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमण निको भएर डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कूल संख्या ८ हजार ५८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा २५ प्रयोगशालाबाट ३९१६ जनाको परीक्षण भएको थियो । हालसम्म क्वारेन्टिनमा २३ हजार ७८४ र आइसोलेशनमा ८ हजार १७४ जना रहेका छन् ।

प्रतिक्रिया