आज दिनभर कस्तो रहन्छ मौसम, पानी पर्छ कि पर्दैन?

admin

काठमाडौँ, माघ ४ : मौसम बिस्तारै सुधार हुने क्रममा रहेको छ । तर पूर्ण रुपमा सुधार भने भएको छैन । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बिस्तारै कम भई मौसममा क्रमिक सुधार आउने क्रम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम सुधार हुने क्रममा रहे पनि हाल देशभर आंशिकदेखि सामान्य बदली भएको छ । यस्तै देशका एक–दुई स्थानमा पानी परिरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।

शनिबार दिनभर देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । पहाडी तथा तराईका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिएको मौसमविदले बताएका छन् । यस्तै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।

शनिबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली हुनेछ । हाडी भू–भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने संभावना रहेको मौसमविदले बताएका छन् । आइतबारदेखि भने मौसम सफा हुने जनाइएको छ ।

प्रतिक्रिया