आज दिनभर कस्तो रहला मौसम?

admin

काठमाडौं, २६ पुस : देशका अधिकांश क्षेत्रमा शनिबार बिहानैदेखि बदली भएको छ भने हुस्सु पनि लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणाली नरहेपछि देशभरका अधिकांश क्षेत्रमा स्थानीय वायुको प्रभावले मौसम बदली भएको र बाक्लो हुस्सु लागेको मौसमविदले बताएका छन् ।

काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा बलदी तथा हुस्सु लागेको छ । मध्याहन्नसम्ममा बादल र हुस्सु हटेर पहाडी क्षेत्रमा घाम लाग्ने मौसमविद समिर श्रेष्ठले जानकारी दिए ।

तराईका सम्पूर्ण क्षेत्रमा हाल बदली र हुस्सु–कुहिरो लागेको छ । ती क्षेत्रमा भने बेलुकासम्म नै हुस्सु तथा कुहिरो रहने सम्भावना छ । आइतबारदेखि भने मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रतिक्रिया