आज दिनभर देशभर कस्तो रहला मौसम?

admin

काठमाडौँ : देशभरको मौसम क्रमिक रुपमा सुधार हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बिस्तारै कम भई मौसम क्रमिक रुपमा सुधार हुँदै गएको मौसमविदले बताएका छन् ।

हाल देशको पूर्वी भूभाग र मध्य तथा पश्चिमका पहाडी क्षेत्रमा आंशिक बदली भएको छ । बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । काठमाडौँ उपत्यका तथा तराईका केही क्षेत्रमा हुस्सु तथा कुहिरो लागेको छ । यस्तै तुसारो पनि परेको छ । तर बिस्तारै हुस्सु तथा कुहिरो हट्दै जाने जनाइएको छ ।

आइतबार दिनभर देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

यस्तै आइतबार राती देशको पूर्वी भूभाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहने अनुमान छ । राति पनि पूर्वी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने संभावना रहेको छ ।

प्रतिक्रिया