आज दिनभर मौसम कस्तो रहला ?

admin

काठमाडौँ : पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सकिएसँगै देशभरको मौसममा सुधार आएको छ। हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशका तराईका अधिकांश क्षेत्र तथा पहाडी भूभागका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ। बुधबार दिनभर अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । तराईका क्षेत्रमा भने हुस्सु तथा कुहिरो कायम रहने सम्भावना छ ।

यस्तै बुधबार राति पनि देशभरको मौसम सामान्यतया सफा रहने छ । अब केही दिन मौसम देशभर सामान्यतया सफा रहने अनुमान मौसमविदले गरेका छन् ।

प्रतिक्रिया