आज दुई सय २९ मध्ये सात कम्पनीको शेयर मात्रै हरियो

admin

काठमाडौं, ३१ भदौ : बिहीबार पनि शेयर बजार घटेर राताम्मे भएको छ । नेप्से ७६ दशमलव ६५ अङ्कले घटेर दुई हजार आठ सय १२ दशमलव ३८ विन्दुमा झरेको छ । बिहीबार बैंक, होटल, व्यापार, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनसहित सबै समूहको शेयर घटेको छ ।

यस्तै बिहीबार दुई सय २९ वटा कम्पनीको शेयर कारोबार भएकोमा दुई सय २२ वटा कम्पनीको शेयर घटेको छ । कर्णाली विकास बैंकको शेयर झन्डै साढे आठ अङ्कले ओरालो लागेको छ । श्री इन्भेस्टमेन्ट फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसैगरी समग्र बजार ओरालो लाग्दा पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बिहीबार एक करोड ६४ लाख ६८ हजार कित्ता शेयर नौ अर्ब तीन करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ३८ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया