आज देशका केही ठाउँमा पानी पर्ने

admin

काठमाडौं, २१ असोज : बुधबार देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बंगालको खाडी नजिकै बनेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ को एक दुई ठाउँमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरु ठाउँको मौसम खुल्दै गएको छ । बुधबार दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुई ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

यस्तै अरु प्रदेशको मौसम पनि घाम लाग्दै बादल लाग्नेछ भने राति प्रदेश १ का एक दुई ठाउँमा हल्का पानी पर्ने र अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने महाशाखाले पूर्वानुमान गरेको छ ।

प्रतिक्रिया