आज देशका केही ठाउँमा पानी पर्ने

admin

काठमाडौं, १६ असोज : शुक्रबार देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको मौसमविद्को भनाइ छ ।

बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार अरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन देशभरिबाटै बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ ।

प्रतिक्रिया