आज देशभरको मौसम सफा

admin

काठमाडौं, १८ फागुन : अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने मौसमविद् बासीले बताइन् ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लागे पनि वर्षा र हिमपातको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार पनि (आज) मंगलबार जस्तै देशका सबैजसो ठाउँको मौसम सफा रहने र बिहीबारदेखि भने सामान्य बादल लागेर पहाडी क्षेत्रमा सामान्य वर्षाको सम्भावना रहने मौसमविद् बासीले बताइन् ।

मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम गरिएको महाशाखाले जनाएको छ । मौसम खुल्न थालेसँगै काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । सोमबार काठमाडौंको अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

प्रतिक्रिया