आज नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनायो

admin

काठमाडौं, ३० चैत : शेयर बजार परिसूचक नेप्से कीर्तिमानी अङ्कमा पुगेको छ । सोमबार १७ दशमलव २० अङ्कले बढेर २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको नेप्सेले अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड बनाएको हो । यसअघि नेप्से चैत २२ गते २६ सय ५७ विन्दुसम्म पुगेको थियो ।

सोमबार बैकिङ समूहको शेयर १७ दशमलव ८१ अङ्कले, विकास बैंकको शेयर ३९ दशमलव ३६ अङ्कले, निर्जीवन बीमा समूहको शेयर एक सय ६३ दशमलव ७६ अङ्कले, माइक्रोफाइनान्सको शेयर एक सय ८८ दशमलव ५६ अङ्कले र जीवन बीमा समूहको शेयर एक सय ९७ दशमलव ७९ अङ्कले बढेको छ ।

सोमबार दुई सय १६ कम्पनीका एक करोड ३८ लाख २१ हजार पाँच सय ७३ कित्ता शेयर सात अर्ब ६१ करोड आठ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै एनआईसी एसियाको २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

सोमबार एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, महिला लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावरलगायत पाँच कम्पनीको शेयर मूल्य झण्डै दश प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि सान्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया