आज नेप्से २० अङ्कभन्दा धेरैले बढ्यो

admin

काठमाडौं, २ बैशाख : कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार शेयर बजार २० अङ्कभन्दा धेरैले बढेको छ । व्यापार र जलविद्युतबाहेक अरू सबैजसो समूहको शेयर बढेपछि नेप्से २० दशमलव ६७ अङ्कले बढेर २७ सय ३५ दशमलव ४६ विन्दुमा पुगेको हो । बिहीबार बैंकिङ समूहको शेयर २३ अङ्कले बढेको छ ।

यस्तै विकास बैंक समूहको शेयर ९० अङ्कले, होटल तथा पर्यटनको १० अङ्कले, फाइनान्सको २८, माइक्रोफाइनान्सको ६, जीवन बीमा समूहको ४५, निर्जीवन बीमा समूहको नौ अङ्कले, उत्पादनको ४३, अन्यको तीन र लगानी समूहको शेयर साढे एक अङ्कले बढेको छ । बिहीबार दुई सय १८ कम्पनीका एक करोड ९० लाख कित्ता शेयर आठ अर्ब ६३ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै एनआईसी एसिया लघुवित्तको ४९ करोड ८९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । बिहीबार बेस्ट फाइनान्स र एनआईसी एसिया लघुवित्तसहित आठ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि मल्टिपर्पोज फाइनान्स, नेशनल लघुवित्त र स्वाभिमान लघुवित्तको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया