आज नेप्से ३ हजार १ सय ११ अङ्कको कीर्तिमानी विन्दुमा

admin

काठमाडौं, १९ साउन : मंगलबार शेयर बजार परिसूचक नेप्सेले ३१ सयको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्सेले ३१ सय विन्दु पार गरेको नेपालको शेयर बजारको इतिहासमा पहिलो पटक हो । (हिजो) सोमबार र (अस्ति) आइतबार सामान्य बढेको नेप्से मंगलबार २६ दशमलव शून्य दुई अङ्कले बढेर ३१ सय ११ दशमलव शून्य नौ विन्दुमा पुगेको हो । दुई सय २३ कम्पनीका दुई करोड ११ लाख कित्ता शेयर ११ अर्ब ५२ करोड रुपैयाँमा कारोबार भए ।

सबैभन्दा धेरै अपी पावर कम्पनीको ४६ करोड ८२ लाख रुपैयाँको शेयर किनबेच भएको छ । मंगलबार पाँचथर पावर कम्पनी, घलेम्दी हाइड्रो, रुरु जलविद्युत्, जीवन विकास लघुवित्त र युुनियन लाइफको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि युनिलिभर नेपाल कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया