आज नेप्से ४० अङ्कभन्दा धेरैले घट्यो

admin

काठमाडौं, ३० भदौ : बुधबार पनि शेयर बजार घटेको छ । नेप्से ४० दशमलव २६ अङ्कले घटेर दुई हजार आठ सय ८९ विन्दुमा झरेको छ । बजार खुलेको केही बेर बजार बढे पनि त्यसपछि घट्न सुरु भएको थियो ।

बुधबार बैंक, व्यापार, जलविद्युत्, बीमा, फाइनान्स, उत्पादनसहित सबै समूहको शेयर घटेको छ । हिमालयन ऊर्जा विकास कम्पनी र गुराँस फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

बुधबार दुई सय २२ कम्पनीका शेयर कारोबार भएकोमा जम्मा १६ वटा कम्पनीको शेयर मात्रै सामान्य बढेको छ । एक करोड पाँच लाख कित्ता शेयर पाँच अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको २२ करोड १४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया