आज नौ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २ जेठ : आइतबार सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । (अस्ति) शुक्रबार तोलामा ९१ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आइतबार ९ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले बढेर १३ सय ५० रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार मूल्य भने तोक्दै आएको छ ।

प्रतिक्रिया