आज पनि एमालेका सांसदको विरोधबीच राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित

admin

काठमाडौं, ७ असोज : राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको राष्ट्रिय सभाबाट विनियोजन विधेयक अर्थात् आर्थिक वर्ष २०७८/०७९ को बजेट पारित गरेको छ ।

बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित पठाइएको ‘विनियोजन विधेयक २०७८ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा राष्ट्रपति कार्यालयसम्बन्धी मन्त्रिपरिषद् गठनसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा सांसद कोमल वलीले प्रतिनिधि सभाका सभामुखले नेकपा एमालेले कारबाही गरेका सांसदमाथि कारबाही नभएसम्म सभाको काम-कारबाही अगाडि बढ्न नसक्ने बताएसँगै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । अब राष्ट्रिय सभाको अर्को बैठक यही असोज ८ गते बिहान ११ बस्नेछ ।

प्रतिक्रिया