आज पनि एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित

admin

काठमाडौं, ११ असोज : राष्ट्रिय सभाले प्रमुख विपक्षी नेकपा एमालेको विरोधकाबीच बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच सोमबार बसेको राष्ट्रिय सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।

सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए । दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । सभाले दुवै विधेयक बहुमतले पारित गर्यो । दुवै विधेयक प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो ।

सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधि सभामै पठाएको छ । यस्तै अब सोमबार नै दिउँसो दुई बजे बस्ने प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाले पारित गरेको सन्देश पेस हुनेछ । र प्रतिनिधि सभाले सभामुख हुँदै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणीकरण भएपछि कार्यान्वयनमा जाने छ । अब राष्ट्रिय सभाको अर्को बैठक आउँदो १७ गते बस्ने छ ।

प्रतिक्रिया