आज पनि घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १२ माघ : सोमबार सुन मूल्य सामान्य घटेको छ । सुनको मूल्य सोमबार आइतबारभन्दा दुई सय रुपैयाँ सस्तो भएको छ । सुनको मूल्य सोमबार तोलामा ९२ हजार ४ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन सोमबार प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदीको मूल्य भने सोमबार पनि स्थिर छ । दुई दिनयता चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया