आज पनि घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ५ माघ : सुनको मूल्य सोमबार तोलामा दुई सय रुपैयाँले घटेको छ । आइतबार सात सय रुपैयाँले घटेर तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार १०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने सोमबार आइतबार जस्तै तोलाको १२ सय ३० रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया