आज पनि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १९ असार : शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको छ । शुक्रबार सुन तोलामा ९० हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार तोलामा ७ सय रुपैयाँ घटेर सुन ९१ हजार रुपैयाँ तोकिएको थियो । यो हप्ता सुनको कारोबार बढ्ने र घट्ने क्रम चलिरह्यो । गएको बुधबार नयाँ रेकर्ड बनाउँदै तोलामा ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार र सोमबार भने सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ भएको भए पनि मंगलबार तोलामा २ सय बढेको थियो । चाँदीको मूल्य पनि शुक्रबार तोलामा १० रुपैयाँ घटेर तोलाको ९ सय ४० रुपैयाँ निर्धारण गरिएको छ ।

प्रतिक्रिया