आज पनि बढ्यो शेयर बजार, साढे १५ अर्ब रुपैयाँको कारोबार

admin

काठमाडौं, २० साउन : बुधबार शेयर बजार नेप्से १२ दशमलव शून्य पाँच अङ्कले बढेर तीन हजार एक सय २३ दशमलव १५ विन्दुमा पुगेको छ । जलविद्युत् समूहको शेयर उत्साहजनक रूपमा बढेको छ । बुधबार जलविद्युत् समूहको शेयर एक सय ९४ अङ्कले बढेको छ ।

यस्तै विकास बैंक समूहको शेयर ६५ अङ्कले, उत्पादनको २५, फाइनान्स समूहको ४४ र बैंकिङ समूहको साढे चार अङ्कले बढेको छ । माइक्रोफाइनान्स समुहको शेयर एक सय २५ र निर्जीवन बीमा समूहको शेयर ८३ अङ्कले घटेको छ ।

यस्तै होटलको आठ र जीवन बीमा समूहको शेयर तीन अङ्कले घटेको छ । दुई सय २५ कम्पनीका दुई करोड ८८ लाख १३ हजार कित्ता शेयर १५ अर्ब ५९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएका छन् । बुधबार अपी पावरको झण्डै ८० करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

अपी पावर, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, कालिका पावर, माथिल्लो तामाकोशी, युनियन लाइफ र जीवन विकास लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढेपनि ङादी ग्रुप पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै साढे पाँच अंकले घटेको छ ।

प्रतिक्रिया