आज पनि बढ्यो सुनचाँदीको मूल्य, सुन तोलामा ९३ हजारभन्दा माथि

admin

काठमाडौं, ८ माघ : सुनचाँदीको मूल्य बिहीबार पनि बढेको छ । सुनको मूल्य तोलामा बिहीबार ६ सय रुपैयाँले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । अन्तर्राष्ट्रिय बजारमा बिहीबार २० डलरले बढेर सुन प्रतिऔंश १८ सय ७२ डलर पुगेको छ ।

यस्तै तेजावी सुन तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँले बढेर बढेर तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया