आज पहाडी भेगमा पानी पर्ने

admin

काठमाडौं, २६ असोज : सोमबार पूर्व र मध्य क्षेत्रका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही जिल्लामा हल्का पानी पर्ने अनुमान गरिएको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् ।

देशका बाँकी भू-भागमा भने सामान्यता मौसम सफा रहनेछ । मौसमविद् पोख्रेलका अनुसार अब यो वर्षका लागि मौसम सक्रिय भएर ठूलो पानी पर्ने सम्भावना भने छैन ।

मंगलबार र बुधबारको मौसम पनि सामान्यतया सफा नै रहनेछ । अब छिट्टै बैठक बसेर औपचारिक रुपमा मनसुन बाहिरिएकोबारे जानकारी गराइने मौसमविद् पोख्रेलले बताइन् ।

जुम्लाको सोमबार बिहानको न्यूनतम तापक्रम ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै काठमाडौंको १६ दशमलव ५, दिपायलको १७ दशमलव ६, डडेल्धुराको १३ दशमलव ३, विराटनगरको १७ र पोखराको १८ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

प्रतिक्रिया