आज पाँच सयले घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १० बैशाख : शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बिहीबार तोलामा ९२ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार पाँच सय रुपैयाँले घटेर ९१ हजार सात रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा १३ सय ३५ रुपैयाँ रहेको चाँदी शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया