आज पाँच हजार ५५ जना कोरोनामुक्त, थप दुई सय १४ जनाको ज्यान गयो

admin

काठमाडौं, ३० बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र बितेको २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार चार सय ६६ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा आठ हजार नौ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९ हजार चार सय ७४ जनाको पीसीआर र सात सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार नौ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

योसहित नेपालमा संक्रमण पुष्टि हुनेको संख्या चार लाख ३१ हजार एक सय ९१ पुगेको छ । यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेको छ । अहिले नेपालमा एक लाख पाँच हजार दुई सय सात जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया