आज प्रधानमन्त्रीद्वारा देशवासीका नाममा सम्बोधन

admin

काठमाडौं, २० बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । कोरोना महामारी र पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रित हुने भएको छ ।

दिउँसो साढे तीन बजेपछि प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए । 

प्रतिक्रिया