आज फेरि बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा हुँदैछ ?

admin

काठमाडौं, १३ असोज : मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुन तोलाको ९३ हजार ३ सय रुपैयाँ थियो । सोमबार मूल्यमा घटबढ भएको थिएन । यसैगरी मंगलबार तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै मंगलबार चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ । चाँदी मंगलबार तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया