आज फेरी बढ्यो सुनचाँदीको मूल्य

admin

काठमाडौं, ७ चैत : शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेर तोलाको ७५ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार १५ सय रुपैयाँ घटेर सुन तोलाको ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी शुक्रबार तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया