आज बलिउड अभिनेता शाहरुख खानको जन्मदिन

रिता घिसिंग

एजेन्सी : बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । उनी २ नोभेम्बर १९६५ मा जन्मेका थिए ।

शाहरुखको जन्मदिनमा उनलाई शुभकामना दिन बिहिबार राति १० बजेदेखि नै उनको निवासबाहिर फ्यानहरुको भीड जम्मा भएको थियो । उनीहरुले लगातार शाहरुखको नाम गुञ्जाएका थिए ।

रातको ठीक १२ बजे शाहरुख आफ्नो निवासबाट बार्दलीमा निस्किए । उनलाई देख्नासाथ फ्यानहरुमा खुशी छाएको थियो । शाहरुखले भिडलाई धन्यवादसहित हात हल्लाए र फ्लाइङ किस दिए ।

फ्यानहरुबाट शुभकामना लिने शाहरुखको यो पुरानै शैली हो । हरेक जन्मदिनमा उनको निवास ‘मन्नत’बाहिर यस्तै दृष्य देखिने गर्छ । मुस्लिम पर्व रमजानको बेलामा पनि उनी यसैगरी बाहिर निस्किन्छन् ।

उनको जन्म दिनमै उनको फिल्मको विशेष प्रदर्शन गरिने छ । सो फिल्ममा शाहरुखले यूनिक भूमिका निभएको बताइन्छ । सो फिल्ममा उनी एक बाउन्नविरको भूमिकामा छन् । र सो व्यक्ति प्रेमी पनि हुन्छ साथै सायर पनि । उनको अपोजिटमा कैटरीना क्याफ र अनुस्का शर्मा छिन् ।

फिल्ममा भीएफएक्सको उपयोग गरिएको छ । फिल्म भने आगामी डिसेम्बर ३१ मा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू